images
images

पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी पाँच दिने तालिम सम्पन्न

पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी पाँच दिने तालिम सम्पन्न

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी पाँच दिने तालिम सम्पन्न

    सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्म्स (स्काएफ) नेपालको आयोजनामा नगरकोटमा सञ्चालित पुल डिजाइनको तालिम सम्पन्न भएको छ । निर्माण व्यवसाय विकास प्रबर्द्धन केन्द्र, निर्माण व्यवसाय महासंघको सहयोगमा ५ दिने पुल डिजाइनको उच्चस्तरीय तालिम सम्पन्न भएको हो  ।

    images
    images

    पुल डिजाइनको तालिममा स्काएफ नेपालका सदस्य संस्था, सडक विभाग्, विद्युत बिकास विभाग, यातायात इन्जिनीयर मञ्च, निर्माण व्यवसाय महासंघको सदस्यहरूमध्ये पुल डिजाइनको प्राम्भिक तालिम लिएका २७ जना छनौट भई तालिम लिएका थिए । सो तालिममा स्थानिय सडक पुल सहयोग इकाइको प्राविधिक सहयोग रहेको थियो ।

    गत बैशाख ९ गते भएको तालिमको उद्घाटन स्काएफका अध्यक्ष इ. ठाकुर प्रसाद शर्मा र सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख इ. ललि जङ खनालले संयुक्त रूपमा गरेका थिए ।

    सो उद्घाटन समारोहमा तालिमका मूख्य प्रशिक्षक,स्थानीय सडक तथा पुल सहयोग इकाइका टिम लिडर इ. शकिल मानन्धरको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन स्काएफ नेपालको पेशागत क्षमता अभिवृद्धी उपसमितिका संयोजक आ. नविन घिसिङले गरेका थिए ।

    दुबै तालिममा वरिष्ठ इन्जिनियर शकिल मानन्धर, वरिष्ठ इ. रन्जन मानन्धर, इ. सुरेश अर्याल र इ. सरोज घिमिरेले प्रशिक्षण दिएका थिए भने इ. मोहन शर्मा, इ. स्मृती कोजु र इ. सुश्मिता महर्जनले प्रशिक्षण सहयोगिको भूमिका निभाएका थिए ।

    त्यसैगरी २०८१ बैशाख १० गतेबाट नगरकोट स्थित खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा सञ्चालित प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी प्राइमाभेराको उच्चस्तरीय तालिममा २९ जना को सहभागिता रहेको थियो । आवासिय रूपमा सञ्चालित दुबै तालिमहरूको संयुक्त समापन  नगरकोटस्थित खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा भएको थियो ।

    news.jpg

    समापन समारोहमा निर्माण व्यवसाय महासंघका वरिष्ठ उपाध्यक्ष इ. ए.  डि. लामा, निर्माण व्यवसाय विकास प्रवर्द्धन केन्द्रका प्रमुख भिमार्जुन अधिकारीको उपस्थिती थियो । सो कार्यक्रममा खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रका प्रमुख इ. डा. रजित ओझाको समेत उपस्थिती थियो । स्काएफ नेपालका अध्यक्ष इ. ठाकुर प्रसाद शर्माको अध्यक्षतामा सो समारोह सम्पन्न भएको थियो ।  

    स्काएफ नेपालका महासचिव तथा तालिम निर्देशक इ. कमल कार्कीको संयोजनमा दुवै तालिमहरू सञ्चालन भएका थिए ।

    कार्यक्रमका सहभागीहरूले पुल डिजाइन गर्ने क्रममा परिवर्तनको संवाहकको रूपमा सिकाइको साथसाथै अनुभवबाट नै परिवर्तनका लागि पहलकदमी लिने प्रस्थानविन्दुको रूपमा तालिम बन्ने विश्वास रहेको बताएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार