काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७८ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा तोकिएको छ ।
यसैगरी, युके पाउन्ड स्टर्लिङ् एकको खरिदमा १६७ रुपैयाँ २१ पैसा र बिक्रीमा १६७ रुपैयाँ ९७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ५ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्