images
images

नेको इन्स्योरेन्सद्वारा चैत मसान्तसम्म ८२ प्रतिशत दावी भुक्तानी, कृषि बिमाअन्तर्गत कति ?

नेको इन्स्योरेन्सद्वारा चैत मसान्तसम्म ८२ प्रतिशत दावी भुक्तानी, कृषि बिमाअन्तर्गत कति ?

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • images
    images
    नेको इन्स्योरेन्सद्वारा चैत मसान्तसम्म ८२ प्रतिशत दावी भुक्तानी, कृषि बिमाअन्तर्गत कति ?

    काठमाडौँ / नेको इन्स्योरेन्स लिमिटेडले चैत मसान्तसम्म करिब ८२ प्रतिशत दावी भुक्तानी गरेको छ । चालु आर्थिक बर्ष २०८०÷८१ को प्रारम्भमा तिर्न बाँकी ४ हजार ९२० दाबीसहित कम्पनीले ९ महिनामा ८२ प्रतिशत दावी भुक्तानी गरेको हो । कम्पनीले २०८० को प्रारम्भको दावीमध्ये ४० करोड ७२ लाख रुपैयाँ बराबरको ४ हजार १० दावी भुक्तानी गरेको छ ।

    images
    images

    जुन कुल दावीको ८२ प्रतिशत हो । त्यस्तै, चालु आर्थिक बर्षको ९ महिनामा प्राप्त भएका ४ हजार ६५४ दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो ३७ करोड ५० लाख रुपैयाँ बराबरको दावी भुक्तानी हो भने चालु आवमा परेका कुल दावीमध्येको ५२ प्रतिशत हो । 

    भुक्तानी भएका दाबीहरूमध्ये कृषिसँग सम्बन्धित १ हजार ७९६ दावी रहेको कम्पनीको भनाइ छ । कम्पनीले चालु आवको प्रारम्भमा भएका दावीसहित हालसम्म कृषि क्षेत्रसँग सम्बन्धित ८ करोड ४४ लाख रुपैयाँभन्दा बढीको दावी भुक्तानी गरिएको जनाएको छ । 

    चालु आवको अन्तसम्ममा थप दाबी भुक्तानी भई भुक्तानी हुन बाँकी दाबीको सङ्ख्यालाई घटाउने योजना रहेको इन्स्योरेन्सद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । 

    “दाबी परेका र कागजात पूरा भएका दाबीहरूको यथाशीघ्र भुक्तानी दिने नीति यस कम्पनीले लिएको छ । समयमा दाबी तिर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ,” कम्पनीले भनेको छ ।

    नेपाली बिमा क्षेत्रमा २८ वर्षदेखि सक्रिय नेको इन्सुरेन्सले छिटो छरितो दाबी भुक्तानी होस् भनेर कम्पनीले स्पोट पेमेन्ट (ठाउँको ठाउँ भुक्तानी )मार्फत दाबी भुक्तानी गर्दै आएको छ । साथै उक्त प्रकृयालाई अझै परिस्कृत गरिदै लगिने कम्पनीले प्रतिबद्धता जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार