images
images

‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल’ हुने, जेठ २६ गते ग्राण्ड फिनाले

‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल’ हुने, जेठ २६ गते ग्राण्ड फिनाले

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • images
    images
    ‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल’ हुने, जेठ २६ गते ग्राण्ड फिनाले

    काठमाडौँ / स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा  ‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल–२०२४’ हुने भएको छ । विद्यालयमा अध्ययनरत स–साना बालबालिकाहरूको कला, प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले  ‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल’ हुने भएको हो । 

    images
    images

    स्पार्कल इन्टरटेनमेन्टले राजधानीमा पत्रकार सम्मेलन प्रतियोगिता जुनियर र सिनियर गरी दुई भागमा विभाजन गरिएको जानकारी दिएको छ । 

    आयोजकका अनुसार ‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल’मा ६ देखि १२ वर्षसम्म जुनियर र सिनियरतर्फ १३ देखि १६ वर्षसम्मका बालबालिकाले सहभागी जनाउन पाउनेछन् ।

    प्रतियोगिताको यो पहिलो संस्करण हो । यस संस्करणमा जुनियर र सिनियर गरी ५० जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिने आयोजकले जनाएको छ । 

    आयोजक संस्थाकी अध्यक्ष नीतु श्रेष्ठले ५० जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट गर्ने बताइन् । उनले भनिन्, “४० जना छनोट भइसकेका छन् । अब १० जना प्रतियोगी छनोट गरिने छ ।”

    अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुने प्रतियोगीहरूलाई व्यक्तित्व विकास लगायतका विभिन्न ग्रुमिङ कक्षा दिइने छ । जेठ ४ गतेदेखि प्रतियोगीहरूलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक अमृता राईले जानकारी दिइन् । यस प्रतियोगिताको कोरियोग्राफी मोडल दिक्पाल कार्कीले गर्नेछिन् । 

    प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा (ग्राण्ड फिनाले) जेठ २६ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा शीर्ष दुई विजेताले उपाधिसहित नगद पुरस्कार तथा विभिन्न गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार