images
images

ग्लोबल आइएमई बैङ्क र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैङ्क र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    ग्लोबल आइएमई बैङ्क र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेड र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता भएको छ । बैङ्कले बडीमालिका नगरपालिकासँग उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवर्द्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरूलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। 

    images
    images

    यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैङ्कको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा  बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका छन्। 

    सम्झौता अनुसार बैङ्कले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासिहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेछ ।

    उक्त कर्जाले नगरपालिकाभित्र उद्यमशिलता मार्फत आत्मनिर्भर र स्वरोजगार प्रवर्द्धन हुने विश्वास बैङ्कले लिएको छ । ग्लोबल आइएमई बैङ्क मुलुकको ७७ ओटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।

    बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैङ्किङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्र रहेका छन्। 

    ग्लोबल आइएमई बैङ्क, सबैका लागि बैङ्किङ्ग सेवा प्रदान गर्ने बैङ्क हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । 

    बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार