images
Logo
images
images
images

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय बनाउँदै ललितपुर महानगर, सरसफाइ र स्वच्छतालाई प्राथमिकता

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय बनाउँदै ललितपुर महानगर, सरसफाइ र स्वच्छतालाई प्राथमिकता

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • images
    images
    जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय बनाउँदै ललितपुर महानगर, सरसफाइ र स्वच्छतालाई प्राथमिकता

    पाटन (ललितपुर) / ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । 

    images
    images

    महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आज एक समारोहका बीच शौचालयको शुभारम्भ गरे । त्यसअवसरमा उनले ललितपुर महानगरभित्रका शौचालयहरू सफा र आपङगतामैत्री बनाउँदै लगेको बताए । 

    “शौचालय भन्नेबित्तिकै फोहर र गन्हाउँछ भन्ने आमधारणा छ । त्यो धारण बदल्न महानगरले शौचालय सुधारमा जोडदिएको छ ।  शौचालयको सहजरूपमा प्रयोग गर्नेगरी सफासुग्घर राख्ने हाम्रो योजना छ । सोहीअनुसार हाल शौचालय निर्माण भइरहेका छन्”, उनले भने । 

    असल अभ्यासहरु अवलोकन गर्ने क्रममा करिब डेढ वर्षअघि बङ्गलादेश पुग्दा शौचालय पनि त्यति धेरै सफा र राम्रा हुँदा रहेछन् भन्ने थाहा पाएपछि महानगरका सबै वडामा त्यस्तै सुविधासम्पन्न शौचालय बनाउने गरी योजना अगाडि बढाएको उनको भनाइ छ । 

    महानगरपालिकाले लगनखेलमा पनि जावलाखेल, मङ्गलबजार र पाटनढोकामा जस्तै अत्याधुनिक शौचालय बनाउने तयारी गरिरहेको छ । लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डिपिआर भइरहेको नगरप्रमुख महर्जनले जानकारी दिए । 

    महानगर वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्याधिक चापभएका ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा धेरै नागरिकहरू लाभान्वित हुने बताए । 

    उनले भने, “हाम्रो वडामा सदर चिडियाखाना छ । यहाँ भ्रमणमा आउनेहरूका लागि शौचालयको धेरै समस्या पर्नेगरेको छ । त्यसैलाई मध्यनजरगरी सञ्चालनमा ल्याइएको यो सार्वजनिक शौचालयले थोरै भए पनि समस्या गर्न सघाउपुग्ने छ ।”

    कार्यक्रममा सामाजिक संस्था एरोशानका अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र शुभारम्भले मात्रै नहुने भन्दै त्यसको दीर्घकालीन व्यवस्थानमा ध्यानदिनुपर्ने बताए । 

    अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वाटर एडका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानले खानेपानी, सरसफाइ र स्वच्छतालाई संस्थाले प्राथमिकतामा राखेर काम गरिरहेको र शौचालयको दिगो व्यवस्थापनका लागि सहकार्य गर्न तयार रहेको बताए । 

    ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीतिअनुसार हाल महानगरका वडा नं ८, ९, २, १०, २४, २५ र २७ मा शौचालय निर्माणका काम भइरहेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार