चर्चित समाचार
  • सुर्खेतमा मिनी बस दुर्घटना : २ जनाको मृत्यु, २१ घाइते

    सुर्खेतमा मिनी बस दुर्घटना : २ जनाको मृत्यु, २१ घाइते

    सोमवार, जेठ ७ २०८१
    सोमवार, जेठ ७ २०८१
  • सुर्खेतमा मिनी बस दुर्घटना : २ जनाको मृत्यु, २१ घाइते

    सुर्खेत / सुर्खेतको वीरेन्द्रनगरमा मिनी बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

    वीरेन्द्रनगर–७ कटकुवा नजिकै सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–६ बर्दियाका ७० वर्षीय शेरबहादुर खड्का र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

    उनका अनुसार दैलेखबाट सुर्खेत आउँदै गरेको बसमा सवार २१ जना घाइते भएका छन् । घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार