चर्चित समाचार
  • पाँच क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा

    पाँच क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा

    मंगलवार, जेठ १ २०८१
    मंगलवार, जेठ १ २०८१
  • पाँच क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा

    काठमाडौँ / देशभर बन्दै गरेका पाँच क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा परेका छन् ।

    आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले क्रिकेट रंगशाला निर्माण र खेलुकद विकास सरकारको प्राथमिकतमा भएको उल्लेख गरेका हुन् ।

    सरकारको नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताइएको छ ।काठमाडौँको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने कार्यक्रममा उल्लेख गरिएको छ ।

    चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने सरकारले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने बताइएको छ ।

    त्यस्तै नीति तथा कार्यक्रम घोषणामा अन्तर्राष्ट्रियस्तरका खेलुकद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेसमेत उल्लेख गरिएको छ ।

    खेलकुद क्षेत्रको विकासका लागि विद्यालयस्तरका विद्यार्थीलाई खेलकुद तालिम दिइने कार्यक्रममा समेटिएको छ । खेलकुद क्षेत्रमा महिला सहभागिता बढाइने, खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिने विषयसमेत समेटिएको छ ।

    त्यस्तै आगामी आर्थिक वर्ष दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने नीति तथा कार्यक्रममा घोषणा भएको छ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाइने तथा आधुनिक प्रविधियुक्त अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गरिने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार