चर्चित समाचार
  • नेपाल एसबिआई बैङ्कका ग्राहकहरूले स्काइवाक टिकटमा आकर्षक छुट पाउने

    नेपाल एसबिआई बैङ्कका ग्राहकहरूले स्काइवाक टिकटमा आकर्षक छुट पाउने

    बुधवार, जेठ २ २०८१
    बुधवार, जेठ २ २०८१
  • नेपाल एसबिआई बैङ्कका ग्राहकहरूले स्काइवाक टिकटमा आकर्षक छुट पाउने

    काठमाडौँ / नेपाल एसबिआई बैङ्क र वन्डर्स नेपाल प्रा.लि.बीच छुट सम्बन्धी सम्झौता भएको छ । बैङ्कका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैङ्किङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी स्काइवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

    सम्झौतामा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र वन्डर्स नेपाल प्रा.लिका प्रमुख कार्यकारी अधिकृत कविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए । 

    उक्त सम्झौता बैङ्कका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल, बागमति प्रदेशका प्रमुख बिनोद कुमार ढुंगेल र बैङ्क तथा वन्डर्स नेपाल प्रा. लि.का अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

    हाल यस बैङ्कले ९७ शाखा, २२ ओटा एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ ओटा एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार