काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ भने युरो महँगिएको छ । बुधबार राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६२ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ६० पैसा र बिक्रीदर १७३ रुपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्याङ्क दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ११ पैसा र बिक्रीदर ४ रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्री दर ३१ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्री दर १९ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ०४ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७० रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।