चर्चित समाचार
  • महालक्ष्मी विकास बैङ्कद्वारा ‘बालबालिकालाई शिक्षित गर्नुहोस्’ कार्यक्रम अन्तर्गत छात्रवृत्ति वितरणका लागि सहयोग

    महालक्ष्मी विकास बैङ्कद्वारा ‘बालबालिकालाई शिक्षित गर्नुहोस्’ कार्यक्रम अन्तर्गत छात्रवृत्ति वितरणका लागि सहयोग

    बुधवार, जेठ २ २०८१
    बुधवार, जेठ २ २०८१
  • महालक्ष्मी विकास बैङ्कद्वारा ‘बालबालिकालाई शिक्षित गर्नुहोस्’ कार्यक्रम अन्तर्गत छात्रवृत्ति वितरणका लागि सहयोग

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरूलाई छात्रवृत्ति वितरणका लािग आर्थिक सहयोग प्रदान गरेको छ । ‘बालबालिकालाई शिक्षित गर्नुहोस्’ कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालमार्फत बैङ्कले उक्त सहयोग गरेको हो । 

    करिब एक हजार विद्यार्थीहरूका लागि प्रदान गर्न लागेको उक्त छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    बुधबार काठमाडौँ, धनगढी, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, जनकपुर, बुटवल, भैरहवा गरी आठ स्थानमा सम्पन्न कार्यव्रmममा सहभागि हुदै बैङ्कले शिक्षाको मुल धारमा आउन नसकेका, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्न आवश्यक समन्वय गर्दै आईरहेको उक्त संस्थासँग मिलि एक कार्यक्रमका बिच विद्यार्थीहरूका लागि सहयोग प्रदान गरेको हो । 

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कले आगामी दिनहरूमा पनि सामाजिक, आर्थिक रूपान्तरणका लागि निरन्तर रूपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गर्ने कुरा जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार