images
images

राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

    राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो । 

    तलिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको कम्पनीले जनाएको छ । 

    कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परिक्षा कार्यक्रमबाट २१ जना प्रशिक्षार्थीहरु लाभान्वित भई कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिमको प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।

    नेपालको दुर्गमम्म बीमाको सचेतना फैलाई सबै जनतालाई बीमाको दायरामा ल्याई व्यवसाय प्रवर्द्धन गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको र सोही अनुसार अगी बढेको कार्यक्रमका संयोजक कम्पनीका बजार विभाग प्रमुख व्यवस्थापक देवराज घिमिरेले बताए । 

    ३ दिने कार्यक्रममा व्यवस्थापक देवराज घिमिरे, सह९व्यवस्थापक अर्जुन पौडेल, नायव व्यवस्थापक दिपकराज पाण्डेय र सहायक व्यवस्थापक उत्तरा रेग्मीले प्रशिक्षकको भूमिका निभाएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार