चर्चित समाचार
  • आधुनिक सुरक्षा फिचरसहित नेपाली बजारमा आयो विङ्गो इभी, कति तोकियो मूल्य ?

    आधुनिक सुरक्षा फिचरसहित नेपाली बजारमा आयो विङ्गो इभी, कति तोकियो मूल्य ?

    सोमवार, जेठ ७ २०८१
    सोमवार, जेठ ७ २०८१
  • आधुनिक सुरक्षा फिचरसहित नेपाली बजारमा आयो विङ्गो इभी, कति तोकियो मूल्य ?

    काठमाडौँ / विलिङको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विङ्गो इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । पारामाउन्ट मोटर्सले आइतबार एक कार्यक्रमको आयोजना गरी विलिङ विङ्गो बजारमा ल्याएको हो । 

    कम्पनीले आइतबारबाटै बिक्री सुरु गरेको विङ्गो मोडलको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यसले सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिनेछ भने यो ह्याचव्याक सेग्मेन्टमा उपलब्ध रहेको छ । 

    लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम रहेको विङ्गो इभीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको पारामाउन्ट मोटर्सको भनाइ छ । विङ्गो इभीमा ३२ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ भने पिकपावर क्षमता भने ४९ किलोवाट रहेको छ । 

    लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटिक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोललगायतका आधुनिक सुरक्षा फिचर रहेको विङ्गोमा दुई वटा १० इन्चको स्क्रिन उपलब्ध छ । 

    विङ्गोको ड्यासबोर्ड सफ्टटच मेटेरियलबाट बनेको वितरक कम्पनीले जनाएको छ । कम्पनीले ८ वर्ष वा १२० हजार किलोमिटर ब्याट्रीमा र ३ वर्ष वा १ लाख किलोमिटर मोटरमा वारेन्टी प्रदान गरेको गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार