चर्चित समाचार
  • महालक्ष्मी विकास बैङ्कद्वारा छात्र सन्तोषलाई स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान

    महालक्ष्मी विकास बैङ्कद्वारा छात्र सन्तोषलाई स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान

    मंगलवार, जेठ ८ २०८१
    मंगलवार, जेठ ८ २०८१
  • महालक्ष्मी विकास बैङ्कद्वारा छात्र सन्तोषलाई स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान

    महालक्ष्मी विकास बैङ्कले ३० औँ वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौँमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई छात्रवृत्ति प्रदान गरेको छ ।

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैङ्कले छात्र सन्तोषलाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो । 

    विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैङ्कको एक महत्वपूर्ण संस्था तत्कालिन मनकामना विकास बैङ्कका संस्थापक अध्यक्ष स्व.लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठका छोरा तथा मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेश बाबु क्षेष्ठ ज्यूले विद्यालयका पदाधिकारीहरू र बैङ्क व्यवस्थापनको रोहबरमा छात्र सन्तोष कुमार मण्डललाई हस्तान्तरण गरेका हुन् । 

    अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पु-याउने उद्देश्यले ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैङ्कले जनाएको छ ।

    उक्त कार्यक्रममा बोल्दै राजेश बाबु श्रेष्ठले नेपालमै अवसरहरू रहेको र देशमा उत्पादित जनशक्तिले आफ्नै देशमा रहेर देशको लागि योगदान पु-याउनुपर्ने विचार व्यक्त गरे । साथै, बैङ्कका प्रमुख कार्यकारी अधिकृतले बैङ्कले आगामी दिनहरूमा छात्रवृत्तिका कार्यक्रमहरूलाई परिमार्जित गर्दै शिक्षा क्षेत्रमा थप टेवा पु-याउने कुरा बताए । 

    आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने कुरा बैङ्कले जनाएको छ ।

    विगतदेखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको यस बैङ्कले आम ग्राहकहरूको बैङ्किङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार