सहकारी पीडितहरूद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, बचत फिर्ता नपाएसम्म पछि नहट्ने

सहकारी पीडितहरूद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, बचत फिर्ता नपाएसम्म पछि नहट्ने

बुधवार, जेठ ९ २०८१
बुधवार, जेठ ९ २०८१
  • images
    images
    सहकारी पीडितहरूद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, बचत फिर्ता नपाएसम्म पछि नहट्ने

    काठमाडौँ / सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । बुधबार काठमाडौँ पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनै पनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो । 

    images
    images

    महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए । 
    जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरू हुने उनले बताए । ‘११ गते ११ बजे माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरू गर्छौं । ¥याली गर्छौं । -यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरू गर्छौं,’– उनले भने । 

    सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्ने उनले उद्घोष गरे । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उनले बताए । 

    सबै बचतकर्तालाई जेठ ११ गते ११ बजे माइतीघर मण्डलामा उपस्थित भएर आन्दोलनमा सहभागी हुन उनले आग्रह गरे । नेपाली कांग्रेसले बचतकर्ताको आवाज उठाएको बताउँदै उनले समग्र सहकारीको समस्या समाधान हुनेगरी आवाज उठाइदिन आग्रह गरे । 

    आफूहरूले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता तथा सहमति पालना नभएको जिकिर गरे । उनले हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएको बताए । तर, अहिलेका मन्त्रीले पनि बचतकर्ताको पक्षमा कुनै काम नगरेको कारण संघर्षका कार्यक्रम घोषणा गर्नुपरेको उनले बताए । साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहकारी पीडितको पक्षमा गम्भीर बनिदिन आग्रह गरे ।

    ‘हामीले योभन्दा अगाडि माननीय मन्त्री रञ्जिता श्रेष्ठ, अहिलेका मन्त्री बलराम अधिकारीसँग सम्झौता गर्यौं । तर, कसैलेपनि हाम्रो माग पूरा गरेनन् । हाम्रो माग पूरा भएकै छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू हामीलाई न्याय चाहियो,’–उनले भने । 

    सहकारी पीडितहरूले न्याय नपाए आगामी ०८४ को निर्वाचन हुन नसक्ने उनको भनाइ छ । उनले न्याय नपाए देशभरका सहकारी पीडितहरूले चुनाव बहिस्कार गर्ने बताए । ‘तपाईँहरू मिसन ०८४ भन्नुुस् । हामी मिसन ०८४ बहिस्कार गर्न अगाडि बढ्दैछौं । सहकारी पीडितको माग पूरा भएन भने ०८४ मा तपाईँहरूको लेभल पनि हाम्रो लेभलमा आउँछ । त्यतिखेर हामी देखाउँछौं जनताको तागत,’– उनले भने, ‘हामीहरूले घर–घरबाट तपाईँहरूलाई लखेट्छौं, सहकारी पीडितले न्याय पाएनन् भने ०८४ मा चुनाव हुँदैन ।’ 

    साथै, अध्यक्ष केसीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरिएको हो भने आफूहरूलाई सह्य नहुने चेतावनी दिए । ‘सहकारी पीडितको आवाज उठाएकै भरमा पक्राउ गरिएको हो भने हामी घोर भत्र्सना गर्छौं । तर, कसैलाई गल्ती गरेको हो भने छुटकारा पाउन हुँदैन,’– उनले भने । 

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका उपाध्यक्ष पुरूषोतम कार्की, कोषाध्यक्ष देवकुमार श्रेष्ठ वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठलगायतले सरकारले सहकारी पीडितको पक्षमा काम गर्न नसकेको बताए । उनीहरूले अब सशक्त आन्दोलनमा होमिनुको विकल्प नरहेको बताए । सबै सहकारी पीडितलाई उक्त आन्दोलनमा होमिन उनीहरूले आग्रह गरे । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार