‘प्रतिभा डबली’ कार्यक्रम सम्पन्न,  तीन जनाको आइडिया पुरष्कृत

‘प्रतिभा डबली’ कार्यक्रम सम्पन्न,  तीन जनाको आइडिया पुरष्कृत

बुधवार, जेठ ९ २०८१
बुधवार, जेठ ९ २०८१
  • images
    images
    ‘प्रतिभा डबली’ कार्यक्रम सम्पन्न,  तीन जनाको आइडिया पुरष्कृत

    काठमाडौँ सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले आइडिया स्टुडियो नेपालको प्राविधिक सहयोगमा निजामती कर्मचारीहरूको नवीनतम सोच/इन्नोभेटिभ आइडिया प्रस्फुटन लागि तीन वर्षदेखि निरन्तर ‘प्रतिभा डबली’ कार्यक्रमको आयोजना गर्दै आएको छ । 

    images
    images

    निजामती कर्मचारीहरुको अन्तर्निहित प्रतिभाहरूलाई प्रस्फुटन गराउने उदेश्यले, आफ्नो कार्यलयमा देख्दै र भोग्दै आएका समस्याहरूलाई आफ्नै आइडियाकामार्फतबाट समाधान गर्ने, साथै नागरिकको सरकारी कार्यलाई सहजीकरण गर्ने जमर्कोले प्रतिभा डबली कार्यक्रमको आयोजना गरिएको हो । 

    यस वर्षको प्रतिभा डबली कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय, सिंहदरवारमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा देशभरिका निजामती कर्मचारीहरूबाट प्राप्त ३५ आइडियाहरूमध्ये उत्कृष्ट १० आइडिएटरहरूले आफ्नो आइडियाहरुलाई प्रस्तुत गरेका थिए । जेठ ७ गते सम्पन्न भएको उक्त कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले गरेकी थिइन् । 

    कार्यक्रममा अध्यक्षयका रूपमा सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्री भानुभक्त जोशी, विशिष्ट अतिथिको रूपमा नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, प्रमुख वक्ता गायिका तथा समाजसेवी आनि छोइङ डोल्माले आफ्नो मन्तव्य राखेका थिए । 

    कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरू, सहसचिवहरू, उप–सचिवहरू, शाखा अधिकृतहरू साथै अन्य कर्मचारीहरू लगायत सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका  विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।  

    सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्री जोशीले निजामती कर्मचारीहरूले आफ्नो निरन्तर काम र जिम्मेवारीको वावजुत पनि सरकारी निकायमा आएका र भोगेका समस्याहरूको समाधान गर्न नविनतम् सोचहरू ल्याउन जमर्को गरेको धन्यवाद दिँदै सम्पूर्णलाई बधाई तथा शुभकामना दिए । 

    विशिष्ट अतिथिको नेपाल सरकारका मूख्य सचिव  वैकुण्ठ अर्यालले भने “सरकारले अघिल्लो संस्करणहरूमा प्रस्तुत भएका सोचहरूमध्ये कुनै न कुनै हिसाबले आफ्नो नीति तथा कार्यनयनमाहरूमा प्रतिबिम्बित गरेको छ, आज प्रस्तुत भएका सोचहरुले पनि कुनै न कुनै ठाउमा प्रतिबिम्बित हुने छ । ” 

     कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले भने, “प्रतिभा डबली कार्यक्रमले सरकारी कर्मचारी र सार्वजनिक क्षेत्र कर्मचारीहरुमा  प्रतिस्पर्धी क्षमताको विकास हुने छ, इनोभेटीभ आइडियाहरुले स्थान पाउनेछ, र सोही बमोजिन काम गर्न सकारात्मक वातावरण साथै क्षमताको विकास हुने पक्का छ ।”

    त्यस्तै कार्यक्रमकी प्रमुख वक्ता आनि छोइङ ड्रोल्माले आइडिएटरहरुलाई धन्यवाद दिँदे भनिन् भनिन्, “सरकारी कार्यलयको सेवा सुबिधामा कसरी समय र स्रोतलाई बचाएर जनतालाई सन्तोषजनक सेवामा हामी कसरी लग्ने भनेर जुन आइडिएटरहरूले योजनाहरू पिच्च गर्नुभयो, त्यो अत्यन्त   सुन्दर र समय सापेक्ष  थियो ।”

    ‘प्रतिभा डबली’ कार्यक्रममा प्राप्त भएका आइडियाहरु मध्ये उत्कृष्ट १० आइडिएटरहरू ५ दिने इन्क्युबेशनमा समावेश भएका थिए । इन्क्युबेशनमा उनिहरुले बिभिन्न बिषयमा तालिम साथै एक्पीरेन्सल लरनिङको माध्यमबाट  ज्ञान र सिप हासिल गरेका थिए जुन भविष्यमा व्यावसायिक बिकासमा पनि उपयोगी हुने छ । 

    ‘प्रतिभा डबली’ कार्यक्रमका यस वर्षका सहभागी  
     
    नयाँ शहर आयोजना समन्बय कार्यालय, बबरमहलकी इन्जिनियर मोनिका महर्जन,

    नापी कार्यालय, बाराका नापी अधिकृत चन्दन प्रसाद दास,

    भूमि व्यवस्थापन तालिम केन्द्र, धुलिखेलका निर्देशक संजिव कुमार राउत, 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सिंहदरबारका शाखा अधिकृत विकास कुमार रजक, 

    जिल्ला निर्वाचन कार्यालय, धादिङ्गका निर्वाचन अधिकारी विकास वि.क.,

    गैडाकोट नगरपालिकाको कार्यालय, गैडाकोटका इन्जिनियर शंकर कंडेल,

    नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाका पशु चिकित्सक डा. शिब लाल भुसाल,

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार काठमाडौंका इलेक्ट्रॉनिक्स इन्जिनियर नशिब आचार्य, 

    सिक्टा सिँचाई आयोजना, बाँकेका इन्जिनियर तनोज दुलाल, 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका नापी अधिकृत मनोज साह 

     इन्क्युबेशन प्रकृयापछि आइडिएटरहरुले आआफ्नो पिच डेक तयार गरि अन्तिम कार्यक्रम ‘प्रतिभा डबली’ मा प्रस्तुत गरेका थिए । प्रस्तुतिकरण पछि निर्णायक मण्डलले दिएको स्कोर कार्डको अंकको आधारमा बिजेता छनोट गरिएको थियो ।

    कार्यक्रमको अन्त्यमा दश जना सहभागीहरूको मूल्याङ्कनलाई जोडिएको थियो, जसमा तीन जना आइडियाहरूले पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

    प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीहरूलाई ५० हजार, ४० हजार र ३० हजारसँगै सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने छ जना सहभागी प्रतिस्पर्धीहरूलाई प्रशंसापत्र हस्तान्तरण गरिएको थियो । 

    उक्त कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार काठमाडौँका इलेक्ट्रॉनिक्स इन्जिनियर नशिब आचार्य प्रथम, नयाँ शहर आयोजना समन्वय कार्यालय, बबरमहलकी इन्जिनियर मोनिका महर्जन दोस्रो र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका नापी अधिकृत मनोज साह तेस्रो स्थान ओगट्न सफल भएका थिए । 

    प्रथम  हुन सफल नशिब आचार्यको सोच एकिकृत कागजरहित सवारी जरिवाना व्यवस्थापन प्रणाली रहेको छ भने दोस्रो हुन सफल मोनिका महर्जनको सोच पूर्वाधार निर्माणको एकीकृत समन्वय पोर्टल रहेको छ । त्यस्तै, तेस्रो हुन सफल मनोज साहको सोच राष्ट्रिय सरकारी ई(बजाररहेको छ । 

    कार्यक्रमको निर्णायक मण्डलमा  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयकी सचिव लीलादेवी गड्तौला,नेपाल सरकारका पूर्व सचिव सुरेश अधिकारी र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा। छिरिङ लामा रहेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार