चर्चित समाचार
  • लगानीकर्ताले बुझ्नै पर्ने सेयर र सेयर बजारको अर्थ

    लगानीकर्ताले बुझ्नै पर्ने सेयर र सेयर बजारको अर्थ

    मंगलवार, जेठ २९ २०८१
    मंगलवार, जेठ २९ २०८१
  • लगानीकर्ताले बुझ्नै पर्ने सेयर र सेयर बजारको अर्थ

    कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्ताहरूलाई बिक्री गरिन्छ । कुनै कम्पनीको पुँजीको विभाजित इकाइको दस्ताबेज नै सेयर हो ।  अर्थात कुनै पनि कम्पनीमा रहेको पुँजीलाई कम्पनीको चुक्ता मूल्यले भाग गरी निकालिएको कित्ता संख्यालाई सेयर भनिन्छ । 

    जसको अर्थ कुनै पनि कम्पनीमा कुनै व्यक्तिको सेयर हुनुको अर्थ सो कम्पनीको मालिक उक्त व्यक्ति पनि मालिक हो अर्थात त्यसमा उसको पनि हिस्सा छ भनेर बुझ्नुपर्दछ । 

    नेपालको धितोपत्र बजारलाई नियमन गर्ने धितोपत्र ऐनले सेयर शब्दलाई ‘धितोपत्र’ भनेर परिभाषित गरेको छ ।

    ऐनले सेयरलाई यसरी परिभाषित गरेको छ, “धितोपत्र भनेको संगठित संस्था वा कम्पनीले जारी गरेको सेयर, स्टक, बन्ड, डिबेन्चर, डिबेन्चर स्टक वा सामूहिक लगानी योजनासम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड सम्झनुपर्छ र सो शब्दले धितोपत्र बजार मार्फत कारोबार हुनसक्ने वा हस्तान्तरण हुनसक्ने भनी बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्र समेतलाई जनाउँछ ।” 

    कम्पनीले आफ्नो कम्पनीको सेयर खरिद गर्न चाहने व्यक्तिलाई उसले लगानी गर्न चाहेको रकमलाई वा पुँजीलाई प्रति कित्ता मूल्यले भाग गरी आउने जे–जति कित्ता वा हिस्सा आउँछ त्यति बराबरको हिस्सा नै सेयर हो । 

    कुनै पनि कम्पनीको लागि पुँजी जम्मा गर्नको लागि सेयर जारी गरिन्छ । उक्त सेयर अर्थात दस्तावेज राख्ने÷खरिद गर्ने व्यक्ति सेयरधनी हो । सेयर भनेको  अर्को अर्थमा कम्पनीको पुँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनीबिच करार हुने गर्दछ।

    सेयरमा लगानी गरे वापत सेयरधनीहरूले प्रत्येक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांस प्राप्त गर्ने गर्दछ।

    कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो । 

    सेयर बजार के हो ? 

    सेयरको अर्थात धितापत्रको कारोबार हुने प्राथमिक तथा दोस्रो बजार नै सेयर बजार हो । यसलाई पुँजी बजारसमेत भनिन्छ । 

    सेयर बजार अर्थात पुँजी बजारमा विभिन्न तरिकाबाट पुँजीलाई एकीकृत गरी त्यसलाई सेयरको रूपमा कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ । विशेषतः एक बर्षभन्दा बढी समयमा परिपक्क हुने वित्तीय सम्पत्ति वा साधानहरूको खरिद बिक्री धितापत्र बजारमार्फत हुन्छ । 

    धितोपत्र बजार पुँजीको आवश्यकता पूर्ति गर्न चाहने सङ्गठित संस्थालाई पुँजी परिचालनका लागि संयन्त्र प्रदान गर्ने र व्यक्तिगत तथा संस्थागत लगानीकर्तालाई लगानीको अवसर प्रदान गर्ने बजार हो ।

    सेयर बजार अर्थात धितोपत्र बजारलाई प्राथमिक र दोस्रो बजार गरी विभाजन गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार