पाकिस्तानद्वारा अर्थतन्त्र, नवप्रवर्तनलाई बढावा दिन आर्थिक रूपान्तरण एकाइ स्थापना

पाकिस्तानद्वारा अर्थतन्त्र, नवप्रवर्तनलाई बढावा दिन आर्थिक रूपान्तरण एकाइ स्थापना

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • images
    images
    पाकिस्तानद्वारा अर्थतन्त्र, नवप्रवर्तनलाई बढावा दिन आर्थिक रूपान्तरण एकाइ स्थापना

    पाकिस्तानको योजना, विकास र विशेष पहल मन्त्रालयले अर्थतन्त्र, उत्पादकत्व र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने सरकारको प्रयासको हिस्साका रूपमा राष्ट्रिय आर्थिक रूपान्तरण एकाइ (नेटु) स्थापना गरेको शुक्रबार घोषणा गरेको छ । नयाँ पहलले पाकिस्तानमा व्यापक आर्थिक सुधार र दिगो विकासलाई अगाडि बढाउने लक्ष्य राखेको छ । 

    यसले आर्थिक वृद्धिलाई सहजीकरण गर्ने, उत्पादकत्व बढाउने र नवप्रवर्तनलाई बढावा दिने रणनीतिक निकायका रूपमा सेवा गरिरहेको मन्त्रालयले एक विज्ञप्तिमा बताएको छ । 

    नेटुले सन् २०३५ सम्ममा पाकिस्तानको १० खर्ब डलरको अर्थतन्त्र बन्ने दीर्घकालीन आर्थिक लक्ष्यअनुरूप प्रमाणमा आधारित नीति र पहलहरू कार्यान्वयन गर्न सरकारी निकायहरू, निजी क्षेत्रका संस्थाहरू, शिक्षाविद्हरू र अन्तर्राष्ट्रिय साझेदारहरू लगायत विभिन्न सरोकारवालाहरूसँग नजिकको सहकार्यमा काम गर्नेछ । 

    नयाँ पहलअन्तर्गत आर्थिक विविधीकरण, नवप्रवर्तन र प्रविधि, मानव पूँजी विकास, दिगो विकास, सार्वजनिक–निजी साझेदारी र आधुनिक पूर्वाधारलगायतका प्रमुख क्षेत्रलाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ ।

    “आर्थिक चुनौतीहरू सम्बोधन गर्न, समावेशी वृद्धिलाई पुनरुत्थान र प्रवर्द्धन गर्न र हाम्रो विकास रणनीतिहरू दिगो र अग्रगामी सोचाइ सुनिश्चित गर्न नेटुले महत्त्वपूर्ण भूमिका खेल्नेछ । नेटुले उत्कृष्ट पाकिस्तानी प्रतिभाहरूलाई आकर्षित गर्नेछ र राष्ट्र निर्माणमा आफ्नो भूमिका खेल्न सक्षम बनाउने छ” मन्त्री आसान इकबालले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार