नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा, २ अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले पाएको थियो ठेक्का

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा, २ अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले पाएको थियो ठेक्का

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • images
    images
    नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा, २ अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले पाएको थियो ठेक्का

    राँझा (बाँके) / हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ। नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ ।

    images
    images

    नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार ११.६ किलोमिटर चार लेन र १६.२ किलोमिटर २ लेन गरी २७.६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो ।

    शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २ अर्ब ७८ करोड २९ लाख निर्माणको ठेक्का जिम्मा पाएको हो । नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार