images
images

बलेफी खोला जलविद्युतको सुरुङ निर्माण तीब्र, पहिलो व्लाष्टिङ सकियो

बलेफी खोला जलविद्युतको सुरुङ निर्माण तीब्र, पहिलो व्लाष्टिङ सकियो

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • बलेफी खोला जलविद्युतको सुरुङ निर्माण तीब्र, पहिलो व्लाष्टिङ सकियो
    images
    images

    काठमाडौँ / रिडी पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित साझा पावर कम्पनी लिमिटेडमार्फत निर्माणाधिन २२.५ मेगावाट क्षमताको सुरुङ निर्माण तीव्र गतिमा अघि बढेको छ । 

    तल्लो बलेफी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने कामअन्तर्गत पहिलो व्लाष्टिङ सकिएको हो । मुख्य सुरुङको आउटलेटतर्फको सुरुङमा पहिलो व्याष्टिङ भएको छ । 

    तल्लो बलेफी खोला जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा अवस्थित रहेको छ । यो जलविद्युत आयोजना काठमाडौँबाट ७२ किलोमिटर दुरीमा रहेको छ । 

    यस जलविद्युत आयोजनाको बाँधस्थल बलेफिको जलवीरेमा छ भने विद्युतगृह सोही गाउँपालिकाको आँपबोटेमा रहेको छ । यस आयोजनामा ५.५ किलोमिट लम्बाई र ४.६ मिटर व्यास भएको सुरुङ्ग निर्माण हुनेछ । 

    उक्त सुरुङ निर्माण कार्यको इन्लेट प्रोटलको काम जम्बला कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले गरिहेको छ । त्यसैगरी, अडिटतर्फ देवकोटा निर्माण सेवा प्राइभेट लिमिटेडले निर्माण कार्य गरिरहेको छ भने आउटलेटतर्फ त्रिवेणी व्रम्हायणी जेभिले गरिरहेको छ । 

    आयोजनाको हेड वक्र्स कोकाम बन्दना भगवती पोखरेली जेभिले काम गरिरहेको छ भने विद्युत गृह निर्माण तर्फको काम ककनी देवी निर्माण सेवा प्राइभेट लिमिटेडले गरिरहेको छ ।

    यो आयोजना निर्माण गर्न ४४५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये २९५ करोड रुपैयाँ बैंकको ऋण र बाँकी रकम स्वःलगानीबाट जुटाइने प्रबन्ध मिलाइएको छ । 

    यस आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संयुक्त लगानी रहेको छ । यो आयोजना २०८२ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । 

    यस आयोजनामा रिडी पावर कम्पनीको ५५ प्रतिशत लगानी रहेको छ, स्थानीय तथा सर्वसाधारणको ३० प्रतिशत र अन्य शेयरधनीहरूको १५ प्रतिशत शेयर लगानी रहेको छ । रिडी पावर कम्पनी लिमिटेडले शेयर लगानी गर्न हकप्रद सेयरबाट रकम जम्मा गरी सो लगानी जुटाइ सकेको छ ।

    कम्पनीले आयोजना गरेको पहिलो वष्टिङ समारोहमा सेनाको बाहिनीपति, स्थानीय प्रहरी प्रमुख, कम्पनीका अध्यक्ष, सञ्चालकहरू लगायत कर्मचारीहरू, ठेकेदार कम्पनीका प्रतिनिधिहरू, स्थानीय लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार