चर्चित समाचार
  • संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीले गरे कांग्रेस सभापति देउवासँग छलफल, अब खुल्छ संसद् ?

    संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीले गरे कांग्रेस सभापति देउवासँग छलफल, अब खुल्छ संसद् ?

    आइतवार, जेठ १३ २०८१
    आइतवार, जेठ १३ २०८१
  • संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीले गरे कांग्रेस सभापति देउवासँग छलफल, अब खुल्छ संसद् ?

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ । 

    प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले सभापति देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरेका थिए । 

    कांग्रेस सहमहामन्त्री जीवन परियारले समस्या समाधानका लागि प्रधानमन्त्रीले गम्भीरतापूर्वक सक्रियता लिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच समस्या समाधानका लागि महत्त्वपूर्ण छलफल भएको उनले बताए ।

    संसद्को अवरोध हटाउने विषयमा आज शीर्ष नेताहरुबीच छलफल गर्ने कार्यसूची तय भएको थियो । 

    कांग्रेस सभापति देउवाले आफू अस्वस्थ भएको भन्दै प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा आउन आग्रह गरेको कांग्रेस नेता परियारले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार