टेलिकमले ल्यायो ‘रिपब्लिक डे’ अफर : आकर्षक डाटा प्याक र भ्वाइस सेवा, कति रुपैयाँमा कस्तो सुविधा लिन सकिन्छ ?

टेलिकमले ल्यायो ‘रिपब्लिक डे’ अफर : आकर्षक डाटा प्याक र भ्वाइस सेवा, कति रुपैयाँमा कस्तो सुविधा लिन सकिन्छ ?

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • images
    images
    टेलिकमले ल्यायो ‘रिपब्लिक डे’ अफर : आकर्षक डाटा प्याक र भ्वाइस सेवा, कति रुपैयाँमा कस्तो सुविधा लिन सकिन्छ ?

    काठमाडौँ / नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा ‘रिपब्लिक डे’ अफर सार्वजनिक गरेको छ । टेलिकमले जेठ १५ मा स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘रिपब्लिक डे’ अफर उपलब्ध गराउने भएको हो । 

    images
    images

    सो अफर आज सोमबारदेखि प्रारम्भ भई आगामी जेठ १६ सम्म (बुधबार) लागु हुनेछ । यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । 

    यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । 

    यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । 

    पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।  आगामी जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरू खरिद गर्न सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार