images
images

रामेछापमा स्वास्थ्य चेकजाँच गर्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता, एकदिने स्वास्थ्य शिविर सम्पन्न

रामेछापमा स्वास्थ्य चेकजाँच गर्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता, एकदिने स्वास्थ्य शिविर सम्पन्न

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • रामेछापमा स्वास्थ्य चेकजाँच गर्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता, एकदिने स्वास्थ्य शिविर सम्पन्न
    images
    images

    केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ को श्री मानन्धर सेवा समाजसँग समन्वय गरेर एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । राजधानी काठमाडौँबाट करिव ३ घण्टाको दूरीमा रहेको खनियापानी स्वास्थ्य चौकीमा स्त्रीरोग, दाँत, आँखा, जनरल फिजिसियन तथा फिजियो थेरापी सेवा संलग्न गरी शिविर सञ्चालन गरेको थियो ।

    स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले ग्रामिण भेगमा भौगोलिक असहजताको कारणले अपेक्षित सेवा दिन असमर्थ रहेको स्वीकारे । 

    हुन पनि पालिकाभर रगत, छाला, आँखा, दाँत आदिको ल्याब परीक्षण हुँदैन । ससानो स्वास्थ्य समस्याको लागि स्थानियबासी दुई घण्टाको बस यात्रा तय गरेर काभ्रेको धुलिखेल अस्पताल पुग्न बाध्य छन् ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैदिन ३९६ पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । तर शिलान्यास भएको अस्पताल सुनापति गाउँपालिकामा बनिसकेको छैन । 

    अस्पतालको भौतिक संरचना शिलान्यास भएर पनि अपेक्षित काम नहुँदा सुनापतिका स्थानियबासी असन्तुष्टि व्यक्त गर्छन् ।रामेछापको सुनापति गाउँपालिका राजधानीबाट नजिकै रहेपनि विकास निर्माण तथा भौतिक सुविधाको दृष्टिले दुर्गम पालिका हो । 

    पालिकामा स्वास्थ्य सेवा दिन तथा स्वास्थ्य सम्बन्धिको जनचेतना जागृत गर्नको लागि संघले एकदिने शिविर सञ्चालन गरेको कार्यक्रमका संयोजक गजेन्द्र प्रसाद मानन्धरले जनाए । 

    काठमाडौँ महानगरपालिकाको लागत साझेदारीमा सम्पन्न भएको स्वास्थ्य शिविरलाई संघ अन्तर्गत युवा उपसमिति र स्वास्थ्य उपसमितिले संयोजन गरेको थियो । शिविरमा सहभागी भएका लाभग्राहीहरुले दुई घण्टा हिँडेरै पनि स्वास्थ्य चेकजाँच गराएको श्री मानन्धर सेवा समाजमा अध्यक्ष चक्र बहादुर मानन्धरले जनाए । 

    शिविरमा ४५४ जना बिरामीहरुले नाम दर्ता गराएर सेवा लिएको उनले जनाए । अधिकांस सेवाग्राही बिरामीमध्ये एकैजनाले आँखा, दाँत तथा जनरल फिजिसियन सेवा लिएका थिए । 

    बिहान ८ बजेदेखि नाम दर्ता सुरु गरिएको शिविर बेलुकी ७ बजे सकिएको थियो । स्वास्थ्य शिविर कार्यक्रममा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङ, सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता विष्ट, सुनापति गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष चित्र बहादुर मानन्धर तथा गाउँपालिकाका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार