images
images

डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एनआइसी एशिया बैङ्कले प्राप्त ग-यो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एनआइसी एशिया बैङ्कले प्राप्त ग-यो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एनआइसी एशिया बैङ्कले प्राप्त ग-यो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

    काठमाडौँ / एनआईसी एशिया बैङ्कले मुलुकको बैङ्क तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गर्न सफल भएको छ । 

    images
    images
    images
    images

    ‘डिजिटल फष्ट बैङ्क’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एन आइसी एशिया बैङ्कले अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि  अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ अवार्डबाट बैङ्क सम्मानित भएको हो ।    

    नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ्ग सेवा प्रदान गरे वापत यस बैङ्कले १० विधामा २०० आवेदनहरूका बीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको हो ।

    आईसर्भ यस बैङ्कले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रूपमा बैङ्कको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ्ग सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ । जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ्ग सेवा, टेलर सेवा, अनलाइन सेवाहरू, मर्चेन्ट सेवाहरू तथा ट्रेड सेवाहरू जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । 

    लाखौं ग्राहक महानुभावहरूमाझ डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा मार्फत अधिकांश डिजिटल बैंकिङ्ग सेवाहरू उपलब्ध गराउँदै आएको बैङ्कले प्राप्त गरेको यस सम्मानले यी सेवाहरूलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक महानुभावहरू माझ पु¥याउन टेवा पुग्ने बैङ्कले विश्वास लिएको छ ।

    एन आई सी एशिया बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७१ एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

    देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैङ्क सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैङ्क सफल भएको छ । 

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैङ्कले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार