images
images

भारतको महाराष्ट्रमा ‘सुखोई लडाकु विमान’ दुर्घटना

भारतको महाराष्ट्रमा ‘सुखोई लडाकु विमान’ दुर्घटना

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • भारतको महाराष्ट्रमा ‘सुखोई लडाकु विमान’ दुर्घटना
    images
    images

    पश्चिम भारतको महाराष्ट्र राज्यमा मङ्गलबार एउटा सुखोई लडाकु विमान दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। पाइलट र को-पाइलट दुवै सकुशल बाहिर निस्किएका छन् । तर उनीहरूलाई सामान्य चोट लागेको छ । 
     
    महाराष्ट्रको राजधानी मुम्बईबाट एक सय ९४ किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको शिरसगाउँ गाउँमा उड्ने क्रममा विमान दुर्घट्ना भएको हो ।

    “पाइलटहरूले एक प्राविधिक समस्या रिपोर्ट गरेका थिए । विस्तृत अनुसन्धानपछि मात्र सही कारण थाहा हुनेछ”, भारतको सरकारी स्वामित्वको एयरोस्पेस र रक्षा कम्पनी एचएएलले विज्ञप्तिमा भनेको छ ।

    दुवै पाइलटलाई एचएएल अस्पतालमा सारिएको समाचारमा जनाइएको छ। अधिकारीहरूका अनुसार दुर्घटनापछि विमानमा आगो लागेको र पछि निभाइएको थियो । कर रहा है।

    सुखोई लडाकु जेट रुसमा निर्मित दुई इन्जिन, दुई सिट भएको चौथो पुस्ताको लडाकू विमान हो ।

    यो विमान एचएएलद्वारा इजाजतपत्र अन्तर्गत निर्माण गरिएको हो र भारतीय वायुसेनामा २० वर्षभन्दा बढी समयदेखि सञ्चालन भइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार