images
images

एनआइसी एशिया बैङ्कद्वारा ऋणीहरूलाई अवसर : भाखा नाघेको कर्जा र ब्याज जेठसम्म तिरेमा ३५ प्रतिशतसम्म

एनआइसी एशिया बैङ्कद्वारा ऋणीहरूलाई अवसर : भाखा नाघेको कर्जा र ब्याज जेठसम्म तिरेमा ३५ प्रतिशतसम्म

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • एनआइसी एशिया बैङ्कद्वारा ऋणीहरूलाई अवसर : भाखा नाघेको कर्जा र ब्याज जेठसम्म तिरेमा ३५ प्रतिशतसम्म

    काठमाडौँ / एनआइसी एशिया बैङ्कले भाखा नाघेको समयावधि र साधारण ब्याज रकम जेठ मसान्तसम्म तिरेमा विशेष छुट दिने भएको छ । ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआइसी एशिया बैङ्कले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैङ्कको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले उक्त छुट योजना ल्याएको हो । 

    बैङ्कले २०८० चैत्र मसान्तसम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरूको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको जनाएको छ ।

    मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैङ्कबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् ।

    Note nic.jpg

    यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैङ्कले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । 

    बैङ्कले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैङ्कले विश्वास लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार