काठमाडौँ / बिहीबार बिहान जाजरकोट केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
यसअघि गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो धनजनको क्षति भएको थियो ।