images
Logo
images
images
images

गुरु ट्राभल्स र ग्लोबल आइएमई बैङ्कले सहकार्य गर्ने, बैङ्कका ग्राहक र कर्मचारीलाई १० हजारसम्म छुट

गुरु ट्राभल्स र ग्लोबल आइएमई बैङ्कले सहकार्य गर्ने, बैङ्कका ग्राहक र कर्मचारीलाई १० हजारसम्म छुट

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • गुरु ट्राभल्स र ग्लोबल आइएमई बैङ्कले सहकार्य गर्ने, बैङ्कका ग्राहक र कर्मचारीलाई १० हजारसम्म छुट

    काठमाडौँ / गुरु ट्राभल्स लिमिटेड र ग्लोबल आइएमई बैङ्कले व्यवसायिक गर्ने भएका छन् । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल र नेपालको बैङ्क तथा वित्तीय क्षेत्रमा सशक्त रूपमा स्थापित तथा क्रियाशील वाणिज्य बैङ्कबिच व्यवसायिक सहकार्यका लागि सम्झौता भएको हो । 

    images
    images
    images
    images

    ग्लोबल आइएमई बैङ्कको नक्साल  शाखा प्रबन्धक पवन कुमार पौडेल तथा गुरू ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सोसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिबमोजिम ग्लोबल आइएमई बैङ्कका कर्मचारी तथा ग्राहकहरूलाई गुरु ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्म विशेष छुटका साथै आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ । 

    यसैगरी, गुरु ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरूले बैङ्कमा ट्राभल कार्ड तथा डलर कार्ड खरिदमा ५ सय रुपैयाँ बराबरको विशेष छुटलगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने जनाइएको छ । 

    साथै, दुई कम्पनीबिच सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ । कार्यक्रममा ग्लोबल आइएमई बैङ्कको नक्साल  शाखा प्रबन्धक डेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । 

    साथै उनले गुरु ट्राभल्सका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार