चर्चित समाचार
  • ८.९० अंकले बजार बढ्दा १५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधीक कमाउने बीमा कम्पनी कुन ?

    ८.९० अंकले बजार बढ्दा १५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधीक कमाउने बीमा कम्पनी कुन ?

    सोमवार, जेठ २८ २०८१
    सोमवार, जेठ २८ २०८१
  • ८.९० अंकले बजार बढ्दा १५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधीक कमाउने बीमा कम्पनी कुन ?

    काठमाडौँ / साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । आज नेप्से परिसुचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा कायम हुन पुगेको छ । 

    नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको शेयर मूल्य घटेको छ र ९ कम्पनीको शेयर मूल्यमा भने कुनै पनि परिर्वतन देखिएको छैन । 

    नेप्सेमा रहेका १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.२४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक भने १.२८ प्रतिशतले बढेको छ । 

    आज १५ वटा बीमा कम्पनीको सेयरमूल्य बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.३९ प्रतिशतले बृद्धि भई ५७९ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, सिद्धार्थ प्रिमियरको २.९६ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.४७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १.५२ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.३४ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.२९ प्रतिशत, सन नेपाल लाइफको १.०६ प्रतिशत, सानिमा जिआइसीको ०.९५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.७० प्रतिशत पुगेको छ । 

    एनएलजी इन्स्योरेन्सको ०.४० प्रतिशत, नेशनल लाइफको ०.३५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२४ प्रतिशत, एशियन लाइफको ०.१८ प्रतिशत, आइएमई लाइफको ०.१२ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.०३ प्रतिशतले सेयरभाउ बढेको छ । त्यस्तै, आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १.४० प्रतिशतले घटेर १३४१ रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, सिटिजन लाइफको ०.७२ प्रतिशत, सुर्यज्योति लाइफको ०.७० प्रतिशत, नेपाल लाइफको ०.३७ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.३१ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.२९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२१ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.२० प्रतिशतले सेयरभाउ घटेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार