चर्चित समाचार
  • ब्रिटिस काउन्सिलद्वारा युवा तथा जलवायु कार्य सम्मेलन २०२४ को आयोजना

    ब्रिटिस काउन्सिलद्वारा युवा तथा जलवायु कार्य सम्मेलन २०२४ को आयोजना

    मंगलवार, जेठ २९ २०८१
    मंगलवार, जेठ २९ २०८१
  • ब्रिटिस काउन्सिलद्वारा युवा तथा जलवायु कार्य सम्मेलन २०२४ को आयोजना

    काठमाडौँ / ब्रिटिस काउन्सिलले आयोजना गरेको युवा तथा जलवायु कार्य सम्मेलन २०२४ समापन भएको छ । यो सम्मेलन जुन ३ गतेदेखि जुन १० गतेसम्म सञ्चालन भएको थियो ।  

    यस सम्मेलनको उद्देश्य हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तर सम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई भेला गर्नु रहेको थियो । 

    सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौति र अवसरहरूबारे छलफल गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू मार्फत सक्रिय रूपमा सहभागिता जनाएका थिए । 

    कार्यक्रमले युवाहरूलाई रचनात्मकता, सक्रियता र रोकथामका उपायहरुमार्फत जलवायु संकटसँग जुध्न आफ्ना विचारहरू आदानप्रदान गर्ने मञ्च प्रदान गरेको थियो ।

    नवप्रवर्तनकारी हरित परियोजनाहरू प्रस्तुत गर्ने एक हप्ता लामो प्रदर्शनी तारागाउँ नेक्स्ट, बौद्धमा जुन १० सम्म खुला रहेको थियो। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।  

    भेलाले बुद्धिजीवीहरू, कलाकारहरू, अभियन्ताहरू, समुदायका सदस्यहरू, शिक्षाविद्हरू, शिक्षकहरू,  र युवा नवाचारहरूलाई दिगो भविष्यमा योगदान पुर्याउनको लागि सिर्जनशीलता, उद्यमशीलता, र वातावरणीय दिगोपनको खोजी गर्न सबैलाई एकताबद्ध गरेको काउन्सिलले जनाएको छ ।

    नेपालका लागि बेलायती राजदूत एचई रोब फेनले आफ्नो मन्तव्यमा युवा र जलवायु परिवर्तन बेलायत र नेपालबीचको सम्बन्धलाई ताजा बनाउनका लागि सबैभन्दा उपयुक्त माध्यम भएको बताए । जलवायु परिवर्तन दुवै देशका युवाहरूले सामना गर्ने साझा चुनौती भएकाले यो क्षेत्रले दुवै देशका युवाहरूलाई एकसाथ ल्याउने अवसर प्रदान गर्ने उनले बताए ।  

    ब्रिटिस काउन्सिलको दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टरले गोष्ठीको उद्घाटनमा  भनिन्, ’आज हामी रचनात्मक हरित अर्थतन्त्रको क्षेत्र र जलवायु कार्यमा युवा नेतृत्वको निर्णायक भूमिकाको खोजी गर्न एकसाथ आउँदैछौं, दिगो विकासका लागि सिर्जनशीलता र नवप्रवर्तन शक्तिशाली उत्प्रेरकहरू हुन् भन्ने कुरा नबिर्सौं ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार