images
images

खोकनामा प्रचण्डः समाजवादी व्यवस्थाको भ्रुण  यहाँ देख्न सकिन्छ [ तस्वीहरुसहित ]

खोकनामा प्रचण्डः समाजवादी व्यवस्थाको भ्रुण  यहाँ देख्न सकिन्छ [ तस्वीहरुसहित ]

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • खोकनामा प्रचण्डः समाजवादी व्यवस्थाको भ्रुण  यहाँ देख्न सकिन्छ [ तस्वीहरुसहित ]

    नेवारी सभ्यता विविधतापूर्ण छ । त्यसमा पनि अझ नेपालमण्डलकै एक मौलिक प्राचीन वस्ती खोकना पृथक सांस्कृतिक पहिचानसहित स्थापित क्षेत्र हो । देशभरमै फरक पहिचानका साथ लाग्ने १२ वर्षे मेला मुलुककै महत्वपूर्ण संस्कृतिको रुपमा मानिन्छ । 

    भुटेको तोरीको तेलका लागि प्रशिद्ध खोकनाले नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको ठाउँको रुपमा पहिचान स्थापित गरेको छ । हिजो शनिबार पूर्व प्रधानमन्त्री प्रचण्डले खोकना पुगेर आफ्नै उत्पादन, आफ्नै ब्यापार, आफ्नै भेषभुषासहित खोकनाबासीले सबै क्षेत्रमा मौलिकता स्थापित गर्न सफल मुलुकमै नमुनायोग्य भएको बताएका छन् । प्रचण्डले खोकना समाजबादी झल्को दिने सभ्यता रहेको समेत बताए । 

    prachanda- khokana.jpg
    उनले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझ प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।

    ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलामा अध्यक्ष प्रचण्डले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका हुन्।  

    गणराज्यकै झल्को दिने गरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्द अनि सांस्कृतिक मौलिकपनलाई समाजवादी व्यवस्थाको भ्रुणका रुपमा औल्याउँदै उनले यसले नेवा सभ्यताको संरक्षणमा मात्र नभई समग्र मुलुककै संस्कृति संरक्षण र समाज व्यवस्थाका लागि महत्वपूर्ण योगदान दिइरहेको स्पष्ट पारे।

    मुलुकको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्र नभई नेवाः समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको अध्यक्ष प्रचण्डले बताए।

    khokana prachanda nepal.jpg

    ‘खासगरी दस वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय र अद्धितीय छ । 

    यही योगदानकै फलस्वरुप हामीले नेपालको संविधानमार्फत सबै जाति, क्षेत्र, लिङ्ग, भाषा, समुदायका अधिकार सुनिश्चित गरेका छौं र अहिले अहिले कार्यान्वयनको चरणमा छौं,’ उनले भने।

    अब सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न यो समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने पनि प्रचण्डले विश्वास व्यक्त गरे।

    अध्यक्ष प्रचण्डले सामाजिक एकता, भाषा संस्कृतिको संरक्षण, मूर्त र अमूर्त संस्कृतिको प्रवर्धन गर्न नेवाः समुदायले निर्वाह गरेको भूमिकालाई राज्यले यथेष्ट सम्मान गर्न आवश्यक रहेको बताए।

    prachanda - khokana1.jpg

    खोकनालाई नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमै स्थापित गर्न आवश्यक रहेको औल्याउँदै उनले पुरातत्वविद्, इतिहासकार र अन्वेषकहरुको सहयोगमा विश्व सम्पदासूचीमा सूचिकृत गर्ने उद्देश्यसहित स्थानीय सरकारले पहल लिनुपर्ने बताए।

    khokna prachanda.jpg

    आफूहरुले नेवाः सभ्यतालाई स्थापित गर्न आफूले महत्वपूर्ण काम थालेका स्मरण गराउँदै प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला २०६५ सालमा नेपाल संवतलाई राष्टिय संवतको मान्यता प्रदान गर्ने घोषणा गरेको र पछिल्लोपटक सरकारको नेतृत्व गरेको बेला २०८० कार्तिक २७ गतेको मन्त्रिपपरिषद् बैठकबाट नेपाल संवतलाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलाएको जानकारी दिए।

    pachanda - khokana 4.jpg

    अहिले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा हुनु थप ऐतिहासिक काम भएको अध्यक्ष दाहालको भनाइ थियो।

    prachanda - khokana 4.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार