images
images

संसद् बैठकमा कर्णालीको झोलुङ्गे पुलको चिन्ता, तत्काल मर्मत गर्न माग

संसद् बैठकमा कर्णालीको झोलुङ्गे पुलको चिन्ता, तत्काल मर्मत गर्न माग

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • संसद् बैठकमा कर्णालीको झोलुङ्गे पुलको चिन्ता, तत्काल मर्मत गर्न माग

    काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत सम्हार गर्न माग गरिएको छ । पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसदमा आवाज उठेको छ ।

    images
    images

    प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद् सीताकुमारी रानाले झोलुङ्गे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताए । 

    आइतबार कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ खच्चर दुर्घटनामा परेका थिए । सांसद् रानाले पुल तुरुन्तै मर्मत सम्हार नगरे मानवीय दुर्घटना हुनसक्ने भन्दै सरकारको ध्यानार्कषण गराए । 

    “सरकारले जतिसक्दो छिटो प्राविधिक टोली पठाएर कर्णालीको पुल मर्मत गर्नुपर्ने स्थिति छ”, उनले भने, “होइन भने प्राकृतिक प्रकोपले झनै स्थिति नाजुक हुन सक्छ । कर्णालीका बासिन्दालाई सरकार छ भन्ने आभास होस् ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार