ग्लोबल आइएमई बैङ्क डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैङ्क डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • images
    images
    ग्लोबल आइएमई बैङ्क डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ ।  

    images
    images

    बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं. २९ का अध्यक्ष  कुश ढकाल, वडा नं. ३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं. ३०का वडा सचिव शम्भु बराललगायत २०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बैङ्कको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्लेले बैङ्कले प्रदान गर्ने आधुनिक बैंकिङ सेवाहरुको बारेमा जानकारी गराएका थिए ।

    डिल्लीबजार शाखा प्रबन्धक श्रुती हाडाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ । 

    Nweq.jpg

    ग्लोबल आएमई देशको एक अग्रणी बैङ्कको रूपमा स्थापित बैङ्क हो  । यस बैङ्कले मुलुकको ७७ वटै जिल्लाहरुबाट ४६ लाखभन्दा बढी महानुभावहरुलाई उत्कृष्ट बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ । 
    वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम विगत केहि वर्षदेखि बैङ्कका सबैजसो शाखाहरूमार्फत हरेक वर्ष अभियानकै रूपमा सञ्चालन हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार