टेलिकमले जीएसएम मोबाइल तथा एफटीटीएच मा आकर्षक प्याकेजहरू उपलब्ध गराउने , केके छन् सुविधा ?

टेलिकमले जीएसएम मोबाइल तथा एफटीटीएच मा आकर्षक प्याकेजहरू उपलब्ध गराउने , केके छन् सुविधा ?

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • images
    images
    टेलिकमले जीएसएम मोबाइल तथा एफटीटीएच मा आकर्षक प्याकेजहरू उपलब्ध गराउने , केके छन् सुविधा ?

    काठमाडौँ / नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफरहरु भोलि अर्थात असार १ गतेदेखि देखि लागु हुने छन् । 

    अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रुपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अनलिमिटेड अन–नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवासहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुनेछ । 

    त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुनेछ ।

    यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ । 

    कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । 

    सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ । यसका साथै अन्य आकर्षक प्याकेजहरु समेत कायम राखिएको छ ।

    इन्डिया भ्वाइस कल प्याकेजअन्तर्गत रु. ८० मा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने रु. २७० मा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ । 

    त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ । प्रिमियम एफटीटीएच प्याकेजहरुमा डाटा मात्र, बेसिक आइपिटिभी तथा प्रिमियम आइपिटिभीका प्याकेजहरु, भ्वाइस सेवामात्र प्रयोग गर्ने ग्राहकहरुका लागि बेसिक आइपिटिभी तथा प्रिमियम आइपिटिभी प्याकेजहरु र एक्सजीपिओएन प्याकेजहरुमा डाटा मात्र, बेसिक क्ष्एत्ख् तथा प्रिमियम आइपिटिभीका प्याकेजहरु समेत सुलभ दरमा उपलब्ध हुनेछन् ।
     
    ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार