नास आईटीको लण्डन टेक वीकमा सफल सहभागिता

नास आईटीको लण्डन टेक वीकमा सफल सहभागिता

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    नास आईटीको लण्डन टेक वीकमा सफल सहभागिता

    नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले विश्वकै ठूलो र प्रभावशाली मध्येको एक प्रविधि प्रदर्शनी लण्डन टेक विकमा आफ्नो सहभागिता सफल भएको घोषणा गरेको छ। 

    images
    images

    जुन १० देखि १४ सम्म ओलम्पिया लन्डनमा आयोजित यस प्रदर्शनीमा नास आईटीका १४ सदस्य कम्पनीहरूले भाग लिएका थिए। 

    लन्डन टेक वीक २०२४ को केन्द्रीय विषयहरूमा कृत्रिम बुद्धिमत्ता (एआई), डेटा सुरक्षा, ग्रीन इन्नोभेसन र उद्यमशीलता जस्ता महत्वपूर्ण विषयहरू समावेश थिए।

    युएसए आईडीसँगको सहकार्यमा भएको नास आईटीको सहभागिताले नेपालका कम्पनीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्न मद्दत गरेको छ। 

    सहभागी कम्पनीका प्रतिनिधिहरूले भने, लन्डन टेक वीक २०२४ मा सहभागी भएर ग्लोबल आईटी मार्केटको अध्ययन र अवलोकन गर्ने अवसर पायौं।” उनीहरूले यस्ता कार्यक्रमहरूले नेपाली कम्पनीहरूको आत्मविश्वास बढाउने र तिनीहरूको प्राविधिक विकास, बजार व्यवस्थापन र बिक्रीका लागि सहयोग पुर्याउनेमा जोड दिएका छन्।

    लन्डन टेक वीकले नेपाली कम्पनीहरूलाई आफ्नो आईटी उत्पादन र सेवाहरू विश्वव्यापी दर्शकहरू माझ प्रदर्शन गर्ने महत्वपूर्ण प्लात्फर्म प्रदान गरेको छ। 

    यस प्रकारका प्रदर्शनीहरूले अन्तर्राष्ट्रिय आईटी जगतमा नेपालको प्रतिष्ठा बढाउनुको साथसाथै व्यापार र सहकार्यको अवसरहरू पनि सिर्जना गर्दछ। 

    नेपाललाई ग्लोबल टेक हबको रुपमा चिनाउन हरेक वर्ष यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा भाग लिने नास आईटीको योजना रहेको छ।

    जुन १२ मा लन्डनस्थित नेपाली दूतावासले नास आईटी प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय अतिथि र प्रवासी समुदायहरूलाई विशेष अन्तरक्रिया कार्यक्रमको लागि स्वागत गरेका थिए। 

    यस कार्यक्रमद्वारा नास आईटीले नेपालको आईटी उद्योगको प्रगति र सम्भावनाहरुको जानकारी दिदैं अन्तर्राष्ट्रिय र प्रवासी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेको छ। 

    वेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्यले आईटी उद्योगको प्रवर्द्धनका निम्ति नेपाल र वेलायत बीचको सहकार्य एकदम महत्त्वपूर्ण रहेको बताएका छन्।

    १४ सदस्य कम्पनीहरूका प्रतिनिधिहरू लन्डनमा भएको अवसरको उपयोग गर्दै जुन १४ मा नास आईटीले नेपाली प्रवासी समुदायका आईटी विज्ञ, उद्यमी र लगानीकर्ताहरूलाई लक्षित गरी नेपालको आईटी क्षेत्रको भविष्यबारे छलफल गर्न एक समारोहको आयोजना पनि गरेका थिए।

    नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य सहित स्थापना भएको आईटी कम्पनीहरूको गैरनाफामूलक छाता संस्था हो। 

    स्थापना कालदेखि नै संस्थाले नेपालको आईटी क्षेत्रलाई अगाडि बढाउन नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्वृधि र नीति पैरवीमा काम गर्दै आएको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार