शिवम् सिमेन्टले आयोजना गरेको शिवम् कीर्ति समारोह २०८१ सम्पन्न

शिवम् सिमेन्टले आयोजना गरेको शिवम् कीर्ति समारोह २०८१ सम्पन्न

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    शिवम् सिमेन्टले आयोजना गरेको शिवम् कीर्ति समारोह २०८१ सम्पन्न

    काठमाडौँ / शिवम् सिमेन्टले “शिवम् कीर्ति समारोह २०८१”  भव्यरुपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि  “उडान –समृद्धि र सहयात्राको” शिर्षकमा समारोह आयोजना गरिएको थियो ।  

    images
    images

    उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो । 

    रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेशनल अन्तर्गत  त्रिनेत्र, सदावहार, कल्पवृक्ष्य अवार्ड दिईएको थियो र साथै उत्कृष्ट मध्येका सर्वोत्कृष्ठ  चार डिलरहरुलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो । 

    समारोहलाई सम्बोधन गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले “विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि  आफ्ना वितरक तथा डिलरहरुले देखाएको धैर्यता र एक्यवद्धतालाई आधार मानेर शो शिर्षक राखिएको जानकारी दिए ।  

    जसमा शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुर स्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाईटर सुनिल कुमार सिंह र शिवम नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राईजेज गठौनाका ईश्वर प्रसाद गुप्ता ल जित्नुभएको थियो । 

    त्यस्तै शिवम् सिमेन्टका सर्वोउत्कृष्ठ विक्रेता अन्तर्गत शिवम चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाज्यु ले जित्नु भएको थियो ।

    समारोहमा नेपालको चर्चित कलाकारहरुका साथै भारतका ख्यातिप्राप्त कलाकारहरु कृष्ण अभिषेक र सुदेश लेहरीले  बेजोड  मनोरञ्जनात्मक प्रस्तुती दिएका  थिए । 

    देशभरका वितरक तथा विक्रेताहरुको बाक्लो उपस्थिति रहेको शो कार्यक्रममा मन्तव्य राख्दै शिवम् सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिवद्धता जनाए । 

    उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्यमी, व्यापारीहरुलाई थप उर्जा र हौशला प्रदान गर्ने धारणा राखे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार