शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्दा ४ वटा बीमा कम्पनीका लगानीकर्ताले कमाए

शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्दा ४ वटा बीमा कम्पनीका लगानीकर्ताले कमाए

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्दा ४ वटा बीमा कम्पनीका लगानीकर्ताले कमाए

    काठमाडौँ / साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १७।०४ अंकले घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ ।

    images
    images

    यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । बिहीबार छ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रूपैयाँको सेयर कारोबार भएको छ । 

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९७ करोड रूपैयाँ कमी आएको हो । यस दिन ३१७ वटा धितोपत्रको एक करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनबेच भएको हो । आइतबार ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ वटाको घटेको छ ।  यस्तै, ६ कम्पनीको मूल्य स्थिर रहेको छ । 

    नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै सूचक घटेका छन् । 

    बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३६ प्रतिशत र निर्जीवन बीमा सूचक ०.६३ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज ४ वटा बीमा कम्पनीको सेयरभाउ भने बृद्धि भएको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स र नेपाल लाइफ रहेको छ । 

    एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरभाउ ०.६४ प्रतिशतले बढेर ७६५.९० रुपैयाँ पुगेको छ, भने नेपाल लाइफको सेयरभाउ ०.६४ प्रतिशतले बढेर ६२९ रुपैयाँ पुगेको छ । त्यस्तै, नेशनल लाइफको ०.५४ प्रतिशतले बढेर ५५४ रुपैयाँ र आरबीसीएलको ०.४५ प्रतिशतले बढेर १३ हजार ३४० रुपैयाँ पुगेको छ । 

    आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.०१ प्रतिशतले घटेर ६३५ रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, सानिमा जिआइसीको १.८२ प्रतिशत, हिमालय एरभेष्टको १.४५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४४ प्रतिशत, सगरमाथा लुम्बिनीको १.४३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०८ प्रतिशत, एशियन लाइफको १.०३ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.९९ प्रतिशत र आइएमई लाइफको ०.९७ प्रतिशतले घटेको छ । 

    यस्तै, आइजीआई प्रुडेन्सियलको ०.९० प्रतिशत, एलआइसी नेपालको ०.७२ प्रतिशत, हिमालयन लाइफको ०.७० प्रतिशत, सिटिजन लाइफको ०.६४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.४२ प्रतिशत, सन नेपाल लाइफको ०.३२ प्रतिशत, सुर्यज्योति लाइफको ०.२९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.२१ प्रतिशतले घटेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार