मनसुनसँगै स्थानीय वायु र चापीय क्षेत्रको प्रभाव : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने

मनसुनसँगै स्थानीय वायु र चापीय क्षेत्रको प्रभाव : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • images
    images
    मनसुनसँगै स्थानीय वायु र चापीय क्षेत्रको प्रभाव : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाअनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

    images
    images

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका र बागमती प्रदेशका केहि  स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    सोमबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    सोमबार राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    मङ्गलबार दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका केही, गण्डकी प्रदेशका थोरै तथा मधेश प्रदेश लगायत बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    मङ्गलबार राति कोशी प्रदेशका केही तथा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बुधबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका केही, बागमती प्रदेशका थोरै तथा मधेश प्रदेश लगायत बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बुधबार राति कोशी प्रदेश, गण्डकी प्रदेशका केही तथा मधेस प्रदेश र बागमती प्रदेश थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार