आईसीसी टी–२० विश्वकप : नेपालले पायो १०७ रनको लक्ष्य

आईसीसी टी–२० विश्वकप : नेपालले पायो १०७ रनको लक्ष्य

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • images
    images
    आईसीसी टी–२० विश्वकप : नेपालले पायो १०७ रनको लक्ष्य

    काठमाडौँ / आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।

    images
    images

    बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे ।

    त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए । उनले पनि दुई चौका प्रहार गरे । रिसाद होसेनले ७ बलमा १३  रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे ।

    जाकेर अलीले २६ बलमा १२ रन जोडे । त्यस्तै, तास्किन अहमदले पनि १२ रन तथा ओपनर लिट्टन दासले १२ बलमा १० रन बनाए ।

    नेपाली बलरहरुले फेरि एकपटक शानदार बलिङ प्रदर्शन गरे । आजको खेलमा सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी सय विकेट पूरा गरेका छन् । 

    सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे। 

    नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । 

    सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । उनले ३ ओभर बलिङ गर्दै २ विकेट लिएका थिए । उनले १० रन मात्र दिएका थिए ।  नेपालले हालसम्म टेस्ट टोलीलाई हराएको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार