images
images

हुन्डाई भेन्युको ग्राहकमुखी योजना : अब ६.९९ प्रतिशतमा नै गाडि किन्न सकिने, अन्य सुविधा केके छन् ?

हुन्डाई भेन्युको ग्राहकमुखी योजना : अब ६.९९ प्रतिशतमा नै गाडि किन्न सकिने, अन्य सुविधा केके छन् ?

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • हुन्डाई भेन्युको ग्राहकमुखी योजना : अब ६.९९ प्रतिशतमा नै गाडि किन्न सकिने, अन्य सुविधा केके छन् ?

    काठमाडौँ / लक्ष्मी मोटर कर्पोरेसनले नेपालमा बनेको भेन्यूले ग्राहकमुखी योजना ल्याएको छ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाई भेन्युको मूल्य सार्वजनिक गरी बिक्री वितरण सुरु गरेसँगै यस्तो योजना ल्याएको हो ।  

    images
    images
    images
    images

    नेपालमा नै हुन्डाई भेन्युको व्यवसायिक उत्पादन गरिएको कुरालाई मध्येनजर गरी हुन्डाई नेपाल : मेड फर योर जर्नी ग्राहकमुखी योजना ल्याएको छ । 

    सो योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङ्गको व्यवस्था, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ। 

    लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । 

    लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यु मोडल उत्पादन सुरु गरेको र यसको वनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी कोरिया वा वा इन्डियामा बन्ने सोही मोडलका गाडिहरू सरह कै हुने कम्पनीले दाबी गरेको छ।

    स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सिप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ । 

    हाल बिक्री वितरण सुरु भएको मेड इन नेपाल हुन्डाई भेन्यु १.२ (एस) को मूल्य ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यु १.२ (एसएक्स)को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ कायम गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार