images
images

रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर, कहिले तोकिएला सजाय ?

रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर, कहिले तोकिएला सजाय ?

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर, कहिले तोकिएला सजाय ?

    काठमाडौँ / ‘लिटिल बुद्ध’का नामले परिचित तपस्वी राम बहादुर बम्जनलाई बाल यौन दुराचारमा दोषी ठहर गरिएको छ । सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने बम्जनलाई दोषी ठहर गरेको हो । 

    images
    images
    images
    images

    न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरे पनि सजाय भने असार १७ गते निर्धारण गरिने बताइएको छ ।  गत पुस २४ साँझ पक्राउ परेका ३४ वर्षीय बम्जनको स्थायी घर बाराको निजगढस्थित रतनपुरी हो । 

    चार तला माथिबाट हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट प्रहरीले उनलाई पक्राउ गरेका थियो ।

    निजको साथबाट तीस लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै रु तीन करोड तीन लाख ७५ हजार बरामद गरिएको थियो ।

    निजविरुद्ध यौन सन्तुष्टी प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो । विसं २०७१ साउनदेखि बाराको हलखोरियामा रामबहादुर बम्जनको आश्रममा आनीको रूपमा रहेकी २२ वर्षीया महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट विसं २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भएको थियो । 

    उनको साथबाट १४ थान मोबाइल, चार थान ल्यापटप र ट्याब, बीस वटा पेन ड्राइभ, रेकर्डर, मेमोरी कार्डलगायतका विद्युतीय सामग्री बरामद गरिएको थियो। 

    बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा किटानी जोहरी दिएकी थिइन् ।

    जोहरीमा उल्लेख भएअनुसार रिता बाराको हलखोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् । पछि २०६६ सालमा गढीमाई मेलामा गएपछि उनी बेपत्ता थिइन् । गढीमाई मेलामा आफूले बली रोक्ने भन्दै त्यसबेला बम्जनले उद्घोष गरेका थिए । यद्यपि, त्यसको केही समयपछि उनी एक महिनासम्म हराएका थिए । काठमाडौँमा पक्राउ गरिएको उनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा चलिरहेकोमा आज फैसला आएपनि सजाय भने पछि तोकिने भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार