images
images

टेक्सास कलेजले जित्यो उत्कृष्ट आइटी कलेजको उपाधि

टेक्सास कलेजले जित्यो उत्कृष्ट आइटी कलेजको उपाधि

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • टेक्सास कलेजले जित्यो उत्कृष्ट आइटी कलेजको उपाधि

    काठमाडौँ / टेक्सास इन्टरनेसनल कलेजले उत्कृष्ट आइटी कलेजको उपाधि जितेको छ। अस्ट्रेलियाको अस्ट्रेलिया नेशनल युनिभर्सिटी, क्यानबेरामा आयोजित एक कार्यक्रममा कलेजले उक्त उपाधि जितेको हो। 

    images
    images
    images
    images

    कलेज रिडर्स म्यागेजिनद्वारा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट शैक्षिक संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। टेक्सासको प्रतिनिधित्व गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठले उक्त अवार्ड ग्रहण गरेका थिए।

    मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपक बहादुर शाक्यको संयोजकत्वमा गठन गरिएको निर्णायक मण्डलले टेक्सास कलेजलाई सो उपाधि दिलाएको हो । निर्णायक मण्डलले नेपालका विभिन्न कलेजहरूको आइटी शिक्षा, नवप्रवर्तन र विद्यार्थीहरूको सफलतालाई आधार मानेर मूल्याङ्कन गरेको बताइएको छ।

    texas news.JPG

    “सम्मानले टेक्सास कलेजलाई आइटी शिक्षामा नेपाल र अन्तर्राष्ट्रिय स्तरमा एक अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ, जसले भविष्यमा शिक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास दिलाएको छ,” उपाधि प्राप्त गरेसँगै कलेजले भनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार