images
images

देशभर पश्चिमी वायु र भयानक चक्रवात ‘दाना’को अंशको प्रभाव, यी स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने

देशभर पश्चिमी वायु र भयानक चक्रवात ‘दाना’को अंशको प्रभाव, यी स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • देशभर पश्चिमी वायु र भयानक चक्रवात ‘दाना’को अंशको प्रभाव, यी स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायु र भयानक चक्रवात ‘दाना’को प्रभाव रहेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को अंशको आंशिक प्रभावसमेत रहेको महाशाखाले जनाएको हो।

    images
    images
    images
    images

    हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । शनिबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

    देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार राति कोशी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  

    आइतबार कोशी प्रदेशलगायत देशका  पहाडी भूभागका साथै देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । सोमबार पनि कोशी प्रदेशलगायत देशका पहाडी भूभागका साथै देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

    देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार