अधिकांश विकास बैंक एनएफआरएस–९ मा आबद्ध

अधिकांश विकास बैंक एनएफआरएस–९ मा आबद्ध

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • images
    images
    अधिकांश विकास बैंक एनएफआरएस–९ मा आबद्ध

    काठमाडौँ / डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालमा आबद्ध १६ वटा विकास बैंकहरुमध्ये अधिकांश विकास बैंकहरु एनएफआरएस–९ प्रणालीमा आबद्ध भएका छन् ।  

    आगामी आर्थिक वर्ष २०८१/८२ बाट सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निक्षेप, कर्जा लगानी तथा वित्तीय सुरक्षण प्रणाली ‘एनएफआरएस–९’ लागू गर्ने राष्ट्र बैंकको योजना तथा निर्देशन अनुसार अधिकांश विकास बैंकहरुले सिस्टमका लागि सम्झौता गरिसकेको डेभलपमेण्ट बैंकर्स संघले जनाएको हो । 

    नेपाल राष्ट्र बैंकले २०८१ जेष्ठ २ गते एनएफआरएस–९ सम्बन्धी मार्गदर्शन (एक्सपेक्टेट क्रेडिट लस रिलेटेड गाइडलाइन्स, २०२४) जारी गरेको छ । 

    संघमा आबद्ध १६ वटा बैंकहरुमध्ये अधिकांशले एनएफआरएस–९ इम्प्लिमेन्टेसन सोल्यूसन्स खरिद गर्ने कार्य सम्पन्न गरी आपूर्तिकर्तासँग सम्झौता समेत गरिसकेको र बाँकी केही सदस्य बैंकहरुले पनि २०८१ असारभित्रै खरिद गर्ने संघले जनाएको छ । 

    २०८१ साउन १ गतेदेखि कार्यान्वयनमा जाने एनएफआरएस–९ वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त सबैका लागि लागू हुने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको छ ।  

    एनएफआरएस–९ मा कर्जा जोखिम व्यवस्थापन गर्नका लागि अपनाइने विधि र कार्यलाई समेटिएकाले यसलाई कार्यान्वयन गर्दा अनुमानित कर्जा जोखिम र त्यसबाट हुन सक्ने नोक्सानीको गणना विवेकपूर्ण तरिकाले गरिन्छ । 

    कर्जा चुक्ता नहुन सक्ने संभावना (प्रोव्याबिलिटी अफ् डिफल्ट), कर्जा चुक्ता नभएमा असुली हुन नसक्ने सम्भावित रकम (लस् गिभन् डिफल्ट) र कर्जा चुक्ता नहुन सक्ने सम्भाव्य रकम (एक्सपोजर एट डिफल्ट) लाई आधार बनाएर अनुमानित कर्जा नोक्सानीको (एक्सपेक्टेट क्रेडिट लस) गणना गरिन्छ । 

    एनएफआरएस–९ लागू गर्नका लागि डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालले यस अघि ‘ई एन्ड वाई’ श्रीलंकाबाट सहजकर्ता आमन्त्रण गरी आफ्ना सदस्य बैंकका उच्च कार्यकारी, सम्बन्धित विभागीय प्रमुख र कर्मचारीहरूलाई २ पटकसम्म ३ दिने तालिम कार्यक्रम सञ्चालन गरेको समेत संघले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार