देशभर ९.८ प्रतिशत रोपाइँ सम्पन्न, मधेशमा सबैभन्दा कम, अन्य कुन प्रदेशमा कति ?

देशभर ९.८ प्रतिशत रोपाइँ सम्पन्न, मधेशमा सबैभन्दा कम, अन्य कुन प्रदेशमा कति ?

असार १२ गतेसम्म ९.८ प्रतिशत अर्थात एक लाख ३६ हजार ४११.५ हेक्टरमा मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • images
    images
    देशभर ९.८ प्रतिशत रोपाइँ सम्पन्न, मधेशमा सबैभन्दा कम, अन्य कुन प्रदेशमा कति ?

    काठमाडौँ / मुलुकभर हालसम्म ९.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष असार १० सम्म ८.७५ प्रतिशत रोपाइँ भएकोमा यस बर्ष खेतीयोग्य जमिनमध्ये देशभर ९.८ प्रतिशत धान रोपाइँ भएको कृषि पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    मुलुकभर १३ लाख ९८ हजार ८ सय ३६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । सो क्षेत्रफलमध्ये असार १२ गतेसम्म ९.८ प्रतिशत अर्थात एक लाख ३६ हजार ४११.५ हेक्टरमा मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । 

    गत बर्ष असार १० गतेसम्मको अवधिको तुलनामा रोपाइँ करिब १.०५ प्रतिशत विन्दुले बढी हो । पोहोर २०८० असार १० गतेसम्म ८.७५ प्रतिशत  रोपाइँ भएको मन्त्रालयले जानकारी दिए ।

    प्रतिशतको हिसाबमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाई सम्पन्न भएको देखिएको छ । असार १२ गतेसम्ममा यस प्रदेशमा २५ प्रतिशत अर्थात एक लाख ७४ हजार ५ सय ७६ हेक्टरमा रोपाइँ भएको छ । 

    त्यसपछि क्रमशः कर्णाली प्रदेशमा २३.९ प्रतिशत, बाग्मती प्रदेशमा १८.३ प्रतिशत, लुम्विनी प्रदेशमा ८.८ प्रतिशत, गण्डकी प्रदेशमा ८.३ प्रतिशत, कोशी प्रदेशमा ५.६ प्रतिशत र मधेश प्रदेश २.९ प्रतिशत रोपाई सम्पन्न भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार