मदन भण्डारी मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउन सकारात्मक सहयोग रहन्छ : सभामुख घिमिरे

मदन भण्डारी मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउन सकारात्मक सहयोग रहन्छ : सभामुख घिमिरे

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    मदन भण्डारी मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउन सकारात्मक सहयोग रहन्छ : सभामुख घिमिरे

    काठमाडौँ / सभामुख देवराज घिमिरेले मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताए । 

    बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजको २३औँ वार्षिकोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समय शिक्षा सरल, सुलभ र पहुँचयोग्य बनाउन समस्या उत्पन्न भएकाले यस कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने धारणा राखे । 

    “मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउने योजनामा मेरो सधैँ सकारात्मक सहयोग रहन्छ । शिक्षालाई व्यावहारिक बनाउने नीति ल्याउन पनि म संवेदनशील छु”, उनले भने । 

    सभामुख घिमिरेले जननेता मदन भण्डारी जस्तो द्वन्द्वात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने सुनाए । 

    ३० वर्षअघि रहस्यम मृत्युवरण गरेका भण्डारीले समाज रुपान्तरणको दर्शन अनुसरण योग्य भएको उल्लेख गदै उनले भण्डारीका विचारलाई बुझाउने र बुझ्ने दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिए । 

    त्यसअवसरमा उत्कृष्ट एवं स्वर्णपदक पाउनुभएका विद्यार्थीलाई सम्मान गरिएको थियो । कलेजका प्राचार्य डा बाबुराम अधिकारीले २३ वर्षको अवधिमा कलेजको शैक्षिक गुणस्तरमा निरन्तर सुधार हुँदै गएको बताए । 

    त्यसैकारण देशका पाँच उत्कृष्ट कलेजमा पर्न सफल भएको उनले बताए । कार्यक्रममा कलेजको ट्रान्सफर्मेसन इ–बुलेटिन र स्काउट कार्यक्रमसमेत उद्घाटन गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार