क्यानडामा ४ सय बढी उडान रद्द, वेस्टजेटका मेकानिक्स युनियनले किन गरे आन्दोलन ?

क्यानडामा ४ सय बढी उडान रद्द, वेस्टजेटका मेकानिक्स युनियनले किन गरे आन्दोलन ?

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    क्यानडामा ४ सय बढी उडान रद्द, वेस्टजेटका मेकानिक्स युनियनले किन गरे आन्दोलन ?

    क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ ।

    क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ ।

    एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’ भएको कारण एयरक्राफ्ट मेकानिक्स फ्रेटरनल एशोसिएसनले आफ्ना सदस्यहरूले शुक्रबार साँझदेखि हडताल सुरु गरेको र  यो अपरिहार्य भएको बताएको छ । 

    संघीय सरकारले बिहीबार बाध्यकारी मध्यस्थताका लागि मन्त्रीस्तरीय आदेश जारी गरेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडानप्रभावित हुने गरी आकस्मिक हडताल भएको हो ।

    त्यसपछि नयाँ सम्झौताका लागि युनियनसँग दुई हप्तासम्म चलेको अशान्त छलफलपछि यस्तो भएको हो ।
     
    वेस्टजेटले सोमबार क्यानडा डेमा समापन हुने लामो सप्ताहन्तका लागि आइतबारसम्म विमान पार्किङ जारी राख्ने जनाएको छ । एयरलाइन्ससँग करिब २०० वटा जहाज छन् र आइतबार साँझसम्ममा करिब ३० वटा उडान भर्ने कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार