प्राकृतिक विपद्बाट बच्न समयमै तयारी थाल्न आग्रह

प्राकृतिक विपद्बाट बच्न समयमै तयारी थाल्न आग्रह

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    प्राकृतिक विपद्बाट बच्न समयमै तयारी थाल्न आग्रह
    काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै यसको तयारी थाल्न सरकारसँग आग्रह गरेका छन् । 
     
    आजको बैठकको विशेष समयमा उनले प्राकृतिक विपद्बाट हरेक वर्ष क्षति हुने गरेको तर समयमै आवश्यक तयारी नगर्दा ठूलो क्षति व्यहोर्नु परेको बताए । 
     
    सांसद बस्नेतले कार्यविधिका कारण एकै व्यक्तिलाई भूकम्प र बाढी पहिरोको अलगअलग राहत वितरण गर्न कठिनाइ देखिएको बताए । 
     
    उनले दूध व्यवसायी किसानका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरे । 
     
    सांसद बस्नेतले सहकारीमा निमुखा आर्थिकरुपमा विपन्न गरिब जनताको अबौँ रकम अपचलन भएको भन्दै छानविन समितिलाई चाँडो निष्कर्षमा पुर्याउन आग्रह गरे । 
     
    उनले फरक प्रसङ्गमा टेरामक्म प्रविधि टेलिफोनमा गैरकानुनी धन्दा गर्नेलाई नियन्त्रण गर्ने विधि भएको बताउँदै यसले राज्यको वार्षिक रु २५ अर्ब घोटाला हुनबाट जोगिने उल्लेख गरे । 
     
    आफूले ठूलो आट गरेर सुरु गरेकोे यो प्रविधिलाई रोक्न र भाँड्न केही तत्व सक्रिय रहेको जानकारी गराउँदै यो प्रविधिलाई लागू गर्नसके राज्यको ठूलो राजस्व जोगिने उनको भनाइ छ । 
     
    बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) का लेखनाथ दाहालले वर्षायामको सुरुआतमै ठूलो जनधनको क्षति भएको बताउँदै उद्धार र राहतमा सरकारले प्रभावकारीरुपमा काम गर्ने अपेक्षा गरे । 
     
    उनले बिहीबार सार्वजनिक एसइई परीक्षाको परीक्षाफलमा ५२ प्रतिशत असफल भएको भन्दै यसका बारेमा गम्भीर समीक्षा गर्नुपर्ने बताए । 
     
    सदनबाट पारित भएको विनियोजन विधेयकका बारेमा बृहत्रुपमा छलफल भएकाले यसका सबल र दुर्बल पक्षका बारेमा जानकारी भएको बताउँदै सांसद दाहालले मन्त्रालयगत कमजोरी विगतदेखि नै भएको उल्लेख गरे । 
     
    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा रु तीन करोडभन्दा कमका योजना तथा आयोजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने भनेपछि सङ्घीय संरचनाअन्तर्गतका निकायले के काम गर्ने भनी प्रश्न गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार