प्रधानमन्त्रीलाई मधेशी आयोगको पत्र : राजदुत लगायत अन्य नियुक्तीमा समावेशिता देखिएन

प्रधानमन्त्रीलाई मधेशी आयोगको पत्र : राजदुत लगायत अन्य नियुक्तीमा समावेशिता देखिएन

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    प्रधानमन्त्रीलाई मधेशी आयोगको पत्र : राजदुत लगायत अन्य नियुक्तीमा समावेशिता देखिएन

    काठमाडौँ / मधेशी आयोगले प्रधानमन्त्रीलाई सरकारद्वारा विगतमा गरिएका नियुक्तिहरुमा समानुपातिक समावेशिता नदेखिएको भन्दै पत्र पठाएको छ ।

    आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पत्र लेख्दै नेपालको संविधान २०७२ को प्रस्तावना तथा विभिन्न धाराहरुमा समानुपातिक समावेशिता तथा समनाताको बारेमा उल्लेख भएपनि व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकामा सो को कार्यन्वयनको अवस्था निकै कमजोर देखिएको उल्लेख गरेका छन् ।

    सो पत्रमा विगत केही वर्षदेखि राज्यको विभिन्न अंगहरु जस्तै कुटनीतिक नियोग, संवैधानिक निकाय आदिहरुमा हुने नियुक्तिमा मधेशी समुदायको शून्य प्रतिशत उपस्थिति देखिएकोले आयोगको गम्भीर ध्यानकर्षण भएको बताइएको छ ।

    यसरी राज्यको विभिन्न महत्वपूर्ण निकायहरुमा हुने नियुक्तिमा समानुपातिक समावेशिताको सिद्धान्त पालना नभएको विषय निकै चिन्ताजनक भएको समेत पत्रमा उल्लेख गरिएको छ ।

    सो पत्र मार्फत आयोगले आगामी दिनहरुमा हुने नियुक्तिहरुमा समानुपातिक समावेशिता तथा समानताको सिद्धान्तलाई अक्षरशः कार्यान्वयन हुने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार