लापसे गरी र यान्त्रिक अवस्था ठिक नराखि सवारी साधन चलाउने ३१ जना चालकहरू कारबाहीमा

लापसे गरी र यान्त्रिक अवस्था ठिक नराखि सवारी साधन चलाउने ३१ जना चालकहरू कारबाहीमा

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    लापसे गरी र यान्त्रिक अवस्था ठिक नराखि सवारी साधन चलाउने ३१ जना चालकहरू कारबाहीमा

    काठमाडौँ / लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ । 

    बा १ ज ८४ ५७  नम्बरका माइक्रो चालक ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ का २२ वर्षीय कृष्ण कार्की, बा ५ ख ९५ ०८ नम्बरका बस चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ का ३८ वर्षीय भोपेन्द्र भण्डारी, बा ५ ख ४३ ०० नम्बरका बस चालक चितवनको राप्ती नगरपालिका ७ का ३१ वर्षीय रमेश वि.क. र बा ६ ख ३० ०६ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका १२ का ३३ वर्षीय टिकाराम श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

    नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव, Drugs kit मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । 

    प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । जगातीमा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा ४ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।  

    नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगाती बुझाइएको छ  । 

    चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले बताए । 

    त्यस्तै, काठमाडौंको सितापाइलामा आजै गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ३१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

    ५३ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ३१ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो । 

    सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहजिकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक श्रेष्‍ठले जानकारी दिनुभयो ।    

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार